दार्चुलाको अपि हिमाल गाउँपालिकामा भिरबाट लडेर एक बालककाे ज्यान गयाे

काठमाडाैं | असार १८, २०८०

दार्चुलाको अपि हिमाल गाउँपालिकामा भिरबाट लडेर एक बालककाे ज्यान गयाे

दार्चुला: दार्चुलाको अपि हिमाल गाउँपालिकामा भिरबाट लडेर एक जना बालकको ज्यान गएकाे छ ।

 

गाउँपालिकाको वडा नम्बर ६ धङकङ छिपुलाकेदार माध्यमिक विद्यालयकाे  कक्षा ५ मा अध्ययनरत समिर महताकाे भिरबाट लडेर ज्यान गएकाे हाे । उनी हिजाे विद्यालयमा खेलिरहेकाे बेला लडेका जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।

 

जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक एवम् सूचना अधिकारी ज्ञानेन्द्र बहादुर सिंहले स्कुलको कम्पाण्ड नजिकै खेलिरहेका बेला बालक लडेर झण्डै ६० मिटर तल पुगेका जानकारी दिनुभयाे । उनकाे घटनास्थलमै ज्यान गएकाे हाे ।

 

घटनाबारे थप अनुसन्धान भइरहेकाे प्रहरीले जनाएकाे छ । 

 

पोखरा ।   उच्च शिक्षाको गुणस्तर सुदृढीकरण र प्राध्यापकहरूको पेशागत दक्षता अभिवृद्धि गर्ने उद्देश्यका साथ पोखराको जनप्रिय बहुमुखी क्याम्पसमा ६ दिने प्राध्यापक पेशागत विकास तालिम सुरु भएको छ। &nbs...

थप पढ्नुहोस्

पोखरा।  १४ औँ राष्ट्रिय हेमजा आलु महोत्सव अन्त्यतिर आइरहदाँ त्यहाँ आलु तथा अन्य सामाग्री किन्नेहरुको संख्यामा बृद्धि भएको छ ।   महोत्सवको ७ औं दिन बिहीबारसम्म करिव ७५ हजार दर्शक बढीले महोत्सव अवलो...

थप पढ्नुहोस्

पोखरा ।   हिमश्री फुड्स प्रालिको रारा तयारी चाउचाले १० औं संस्करणको पोखरा स्पोर्टस अवार्डमा टाईटल स्पोन्सर गर्ने भएको छ ।   आगामी वैशाख १८ गते पोखराको इभेन्ट सेन्टरमा आयोजना हुने १० औं पोख...

थप पढ्नुहोस्